काठमाडौं । निर्वाचन प्रहरीका लागि १ लाख ७२ हजार ८७७ जनाले आवेदन दिएका छन् । प्रहरी प्रधान कार्यालयले पुस २४ गते एक सूचना जारी गर्दै निर्वाचन प्रहरी हुन इच्छुकका लागि माघ १ गतेसम्म आवदेन खुलाएको थियो ।
जसमा बिहीबारसम्म १ लाख ७२ हजार ८७७ को आवेदन केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्ले जानकारी दिए ।
फागुन २१ का लागि तय गरिएको प्रतिनिधिसभा सदस्यका चुनावका लागि सरकारले १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने निर्णय गरेको थियो । जसमा २३ हजार ७८७ जना बढीले आवेदन दिएका छन् ।
तर, केही जिल्लाहरूमा भने माग भएको निर्वाचन प्रहरीभन्दा कमको आवेदन परेको छ । जसमा कास्कीसमेत छ । प्रहरी प्रधान कार्यालयका अनुसार आवेदन कम परेका कास्कीसहितका ३६ जिल्ला पुनः २ दिन म्याद थप गरेर आवेदन माग गरिएको छ ।








