images
images

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले दियो वैधानिकता, अब गगन थापा कांग्रेस सभापति

काठमाडौँ-  निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधता दिँदै गगन थापा औपचारिक रूपमा नेपाली कांग्रेसको सभापति स्वीकार गरेको छ।

निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्तसहित अन्य आयुक्तहरू र पदाधिकारीको बैठकले गगन पक्षलाई वैधानिकता दिँदै संस्थापन पक्षलाई जिल्याइदिएको हो।

बिहीबार गगन पक्षले आफ्नो नवनिर्वाचित कार्यसमितिको विवरण आयोगलाई अद्यावधिक गरेको थियो।

उता संस्थापन पक्षले पनि नेपाली कांग्रेसको कुनै विशेष महाधिवेशन नराखिएको जिकिर गर्दै गगन पक्षको निर्वाचन र निर्वाचित कार्यसमिति अवैधानिक रहेको जिकिर गर्दै आयोगमा निवेदन दर्ता गराएको थियो।