काठमाडौं -ग्लोबल आइएमई बैंकले स्थानीय लघु, साना तथा मझौला उद्योग (MSMEs) लाई प्रोत्साहन गर्ने उद्देश्यसहित ५०औँ संस्करणको ‘ग्लोबल हाट बजार’ आयोजना गर्ने भएको छ। बैंकका अनुसार हाट बजार माघ २ गते शुक्रबार आयोजना हुनेछ।
साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रमले स्थानीय उद्यमीहरूलाई आफ्ना रैथाने तथा दिगो उत्पादनहरू प्रत्यक्ष रूपमा उपभोक्तामाझ प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ। उद्यमीहरूको निरन्तर सहभागिता र उपभोक्ताको उत्साहले ग्लोबल हाट बजारलाई स्थानीय उद्योग प्रवर्द्धनको प्रभावकारी प्लेटफर्मका रूपमा स्थापित गरेको बैंकको भनाइ छ।
बैंकले यस्ता कार्यक्रममार्फत स्वदेशी उत्पादनको प्रवर्द्धन, उद्यमशीलता विकास तथा स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य लिएको जनाएको छ।
https://www.facebook.com/share/v/1LNLDt2gTW/?mibextid=wwXIfr








