images
images

कफी संस्कृतिमा नयाँ आयाम: रोजिना प्रधान राईको लगानीमा लैनचौरमा हिमालयन जाभा

काठमाडौं -गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधान राईले काठमाडौंको लैनचौरस्थित होटल मल्ल परिसरमा हिमालयन जाभा कफी शपको नयाँ आउटलेट सञ्चालनमा ल्याएकी छन्।

उक्त आउटलेटको उद्घाटन नेपालका लागि बेलायती राजदूत रब फेनले गरेका हुन्।

उद्घाटन कार्यक्रममा एनआरएनएका अध्यक्ष बद्री केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष बिनोद कुँवर, उपाध्यक्ष हेमराज शर्मालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

करिब ५ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको यस आउटलेटबाट नेपाली ब्रान्ड हिमालयन जाभालाई अझ अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने लक्ष्य रहेको रोजिना प्रधान राईले बताइन्। उनले लैनचौरमा शाखा सञ्चालनपछि सकारात्मक प्रतिक्रिया प्राप्त भएको भन्दै उत्साह व्यक्त गरिन्।

लैनचौरको शाखा थपिएसँगै हिमालयन जाभाको आउटलेट संख्या ८१ पुगेको छ।