काठमाडौँ -नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही जिल्लाका उम्मेदवारहरूको टुंगो लगाएको छ ।
पार्टीले सर्लाही क्षेत्र नम्बर ३ बाट नारायणकाजी श्रेष्ठ र क्षेत्र नम्बर २ बाट महिन्द्र राय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । क्षेत्र नम्बर ४ बाट शिवपुजन यादवका छोरा अभिनाष यादव तथा क्षेत्र नम्बर १ मा सुरेश काफ्लेको नाम चर्चामा रहेको छ ।
सर्लाही–२ का उम्मेदवार महिन्द्र राय यादवले २०७९ को निर्वाचनमा राजेन्द्र महतोलाई हराएका थिए ।









