images
images

देउवाको निर्वाचन क्षेत्रबाट नैन सिंह महर चुनावी मैदानमा

काठमाडौं -नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा–१ बाट नैन सिंह महर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन्।

विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापाले महरलाई डडेलधुरा–१ मा उम्मेदवारको टिकट दिएका हुन्। देउवाले २०४८ सालदेखि लगातार सात पटक यही निर्वाचन क्षेत्रबाट निर्वाचन जित्दै आएका थिए।

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार मनोनयनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।