images
images

५ः३० बजेसम्म २ हजार ६५५ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ – अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर २ हजार ६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि तोकेको समयभित्र उक्त संख्यामा उम्मेदवारी दर्ता भएको अयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार कतिपय जिल्लामा मनोनयन दर्ताको कार्य जारी नै रहेकोले यो संख्या बढ्नसक्ने बताए।

उनका अनुसार मनोनयन दर्ता गराउने महिलाको संख्या एकदमै न्यून रहेको छ। उनले मनोनयन दर्ता गराउनेमा २ हजार ३ सय ५२ जना पुरुष र ३ सय ३ जना मात्र महिला रहेकोसमेत बताए।

उनले उम्मेदवारहरुको प्रारम्भिक नामावली मंगलबार साँझ ८ बजेभित्र प्रकाशन हुनेसमेत जानकारी दिए।

उनले बुधबार कार्यालय समयभित्र उम्मेदवारमाथि दाबी विरोध गर्न सकिने कार्यसूची रहेको बताए।