images
images

गगन थापाले गराए वारेसमार्फत सर्लाही–४ मा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्।

उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्।

उनको प्रस्तावकमा उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह छन्। समयको चापका कारण उपस्थित हुन नसकेपछि सभापति थापाले वारेसमार्फत मनोनयन दर्ता गराएका हुन्।

उनी यसअघि काठमाडौँ–४ बाट चुनाव लड्दै आएका थिए।