जनकपुरधाम – प्रतिनिधिसभा सदस्य निर्वाचन लागि धनुषाका चार निर्वाचन क्षेत्रमा १४२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मधेस प्रदेश निर्वाचन कार्यालय, जनकपुरधामका अनुसार साँझ ७ बजेसम्ममा १४२ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
धनुषा निर्वाचन क्षेत्र नं. १ मा ३३ जना, क्षेत्र नं. २ मा ३२ जना, क्षेत्र नं. ३ मा ४१ जना र क्षेत्र नं. ४ मा ३६ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट मधेस प्रदेशसभाका निवर्तमान सभामुख रामचन्द्र मण्डल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पूर्वमन्त्री मातृकाप्रसाद यादवलगायतले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, क्षेत्र नम्बर २ मा एमालेबाट पूर्वमन्त्री उमाशंकर अरगरिया, नेकपाबाट पूर्वमन्त्री रामचन्द्र झा, कांग्रेसबाट दिनेश प्रसाद यादव (प्रसैला) लगायतले उम्मेदवारी दर्ता गराएका छन्।
क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट पूर्वमन्त्री जुलीकुमारी महतो, कांग्रेसबाट पूर्वमन्त्री विमलेन्द्र निधि, रास्वपाबाट मनिष झा, जसपा नेपालबाट परमेश्वर साहलगायतले उम्मेदवारी दर्ता गराएका छन्।
क्षेत्र नम्बर ४ मा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री रघुवीर महासेठ, कांग्रेसबाट पूर्वमन्त्री महेन्द्र यादव लगायतले उम्मेदवारी दर्ता गराएका छन्।









