काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् । झापा ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलीले मनोनयन दर्ता गरे ।
उनी पार्टीका नेता-कार्यकर्ता र समर्थकको जुलुसहित मनोनयन गराउन पुगेका थिए । यहाँबाट रास्वपा वरिष्ठ नेता बालेन साह पनि ओलीसँग भिड्दै छन् । उनले केहीबेरअघि मनोनयन गराइसके ।
यस्तै नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गराएका छन्।
फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका हुन्।
उनले उम्मेदवारी दर्ता गरेको जानकारी गराउँदै भनेका छन्, ‘भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा सङ्कल्पसहित, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तारा चिह्नमा आफ्नो अमूल्य मत प्रदान गर्नुहुन हार्दिक अपिल गर्दछु।’
प्रचण्ड अघिल्लो चुनावमा गोरखा २ बाट विजयी भएका थिए।








