images
images

प्रतिनिधिसभा निर्वाचन : ३ हजार ४८४ जनाले गरे उम्मेदवारी दर्ता

काठमाडौँ : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन आयोगले मनोनयन पत्र दर्ताका लागि मंगलवार दिएको समयसीमाभित्र ६८ राजनीतिक दलबाट २२ सय ९७ र ११ सय ८७ स्वतन्त्रतर्फ उम्मेदवारी परेको हो।

फागुन २१ मा १६५ सीटका लागि निर्वाचन हुँदैछ। आज बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो।