images
images

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली–१ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले मंगलबार दर्ता गरेको उम्मेदवारी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार हुन ‘अयोग्य’ रहेको ठहर निर्वाचन अधिकृतको कार्यालयले गरेको हो।

चौधरीविरुद्ध निर्वाचन ऐनको दफा १३ अनुसार अयोग्य रहेको आयोगले उम्मेदवारी खारेज गरेको हो।

२०७२ असोजमा टिकापुरमा आठ जना प्रहरी र एक नाबालकको हत्या भएको अभियोगमा उनलाई तीनै तहको अदालतले दोषी ठहर गरी जन्मकैदको सजाय सुनाएको थियो।

कैलाली जिल्ला अदालतले गरेको जन्मकैदको फैसलालाई उच्च अदालत दिपायलबाट मात्रै नभई सर्वोच्च अदालतबाट समेत सदर भएको थियो। सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले २०८० जेठ २ गते चौधरीलाई जन्मकैद गर्ने फैसला सदर गरेको थियो।

उनी २०७९ सालको चुनावमा बर्दिया–२ बाट उम्मेदवारी दिए पनि चौधरीको उम्मेदवारी आयोगले खारेज गरेको थियो। उम्मेदवारी खारेज भएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनी समर्थित लालवीर चौधरी त्यहाँबाट निर्वाचित भएका थिए।