images
images

४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी, एक जनाको खारेज

काठमाडौं –आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा ४९ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार देशभर ३ हजार ४८७ जनाको उम्मेदवारी परेको थियो। जसमा ५ जना उम्मेदवारविरुद्ध दाबी विरोध परेकोमा एक जनाको उम्मेदवारी खारेज भएको उनले बताए।