images
images

नेपाल प्रहरीका १६ एसपीको पदस्थापन तथा काज सरुवा

काठमाडौँ – नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८२/१०/०६ गतेको निर्णयअनुसार जनपद प्रहरी समूहअन्तर्गत प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका प्रहरी अधिकृतहरूको पदस्थापन तथा काज सरुवा गरिएको छ।

मिति २०८२/१०/०५ गतेदेखि लागू हुने गरी बढुवा भएका प्रहरी उपरीक्षकहरूलाई प्रचलित नियमअनुसार तलब तथा भत्ता पाउने व्यवस्था सहित प्रहरी महानिरीक्षकको मिति २०८२/१०/०९ गतेको निर्णयअनुसार तोकिएका स्थानमा पदस्थापन तथा काज गरिएको गृह मन्त्रालयले जनाएको छ।

उक्त निर्णयअनुसार आवश्यक अभिलेख अद्यावधिक गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। साथै, सोही विषयमा अवगत भई आवश्यक कारबाही गर्न सम्बन्धित कार्यालयहरूलाई पत्रमार्फत जानकारी गराइएको जनाइएको छ।