images
images

राष्ट्रिय वाणिज्य बैंकद्वारा वरिष्ठ प्रबन्धक सरोज बस्नेतलाई दीर्घ सेवा सम्मान

काठमाडौं, नेपाल – राष्ट्रिय वाणिज्य बैंकले आफ्ना वरिष्ठ प्रबन्धक  सरोज बस्नेत लाई दीर्घ सेवा प्रमाण–पत्र र पदकसहित सम्मान गरेको छ।

बैंकमा २० वर्ष निरन्तर सेवा पुरा गरेको अवसरमा, बैंकको ६१ औं वर्ष प्रवेश उत्सव को उपलक्ष्यमा सम्मान प्रदान गरिएको हो।

यस सम्मान कार्यक्रममा बैंकका वरिष्ठ उच्च अधिकारीहरू — नायव प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रसाद लोहनी, नायव प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, प्रमुख कार्यकारी अधिकृत देवेनन्द्र रमण खनाल, तथा अध्यक्ष देव कुमार ढकाल — द्वारा प्रमाण–पत्रमा हस्ताक्षर गरी सम्मान गरिएको थियो।

बैंकले आफ्नो लामो समयसम्मको समर्पण, प्रतिबद्धता र व्यावसायिक सेवाका लागि श्री बस्नेतलाई यस सम्मानले पुरस्कृत गरेको छ।

 बस्नेतको दीर्घ सेवा बैंक तथा वित्तीय क्षेत्रमा समर्पण र उत्कृष्टताको प्रेरणादायी उदाहरणका रूपमा व्याख्या गरिएको छ।