images
images

गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी

काठमाडौं– राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटा विजयी भएकी छिन् । एमालेबाट उम्मेदवार बनेकी उनले ५ हजार १४ मतभार पाइन् ।

त्यस्तै नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका तिमिल्सिना अन्य समूह अन्तर्गत निर्वाचित भएका छन।

निर्वाचन अधिकृत कार्यालयका अनुसार कुल ६ हजार ६९ मतभारमध्ये तिमिल्सिनाले ५ हजार ३३ मतभार प्राप्त गरे भने देवकोटाले ५ हजार १४ मतभार हासिल गरिन् ।

निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट गोमा लुइँटेल घिमिरे र कपिल लामा तथा राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा र शंकरप्रसाद बराल उम्मेदवारको रूपमा प्रतिस्पर्धामा थिए ।

गण्डकीका २ सय २८ मतदतामध्ये २ सय २३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि छन् ।