images
images

गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ

काठमाडौँ- नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफू मधेस पढ्न र बुझ्न पुगेको बताएका छन्।

आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताएका हुन् ।

सिमरा विमानस्थलमा ओर्लेपछि ठाउँ ठाउँमा मधेसका साथीहरूले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो ।

नेपाली काँग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेसले काँग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको बताए ।

काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसदमा धेरै पटक उठाएको उल्लेख गर्दै उनले यस पटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए । एक पटक भए पनि मधेसप्रति समर्पित नभई, मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रूपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उनले स्पष्ट पारेका छन् ।