महोत्तरी – मिति २०८२ साल माघ १३ गते, मंगलवारका दिन जनता समाजवादी पार्टी (जसपा) नेपाल, महोत्तरी निर्वाचन क्षेत्र नं. ३ का अगुवा नेता तथा कार्यकर्ताहरूको भेला सम्पन्न भएको छ।
भेलामा आगामी प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै जसपा नेपालको तर्फबाट उम्मेदवार रहेकी डा. मिनाक्षी ठाकुरलाई मतदान गर्न तथा गराउन सबै जनतालाई हार्दिक अनुरोध गरिएको थियो। वक्ताहरूले नेपालकै उत्कृष्ट चिकित्सकका रूपमा परिचित डा. ठाकुरको निःस्वार्थ सेवा, व्यावसायिक इमान्दारिता तथा जनताप्रतिको प्रतिबद्धताले क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा डा. ठाकुरको स्वास्थ्य, शिक्षा, रोजगारी र आधारभूत पूर्वाधार विकासप्रतिको स्पष्ट दृष्टिकोणबारे चर्चा गर्दै छाता छापमा मतदान गर्न आह्वान गरिएको थियो। साथै निर्वाचनलाई सफल बनाउन पार्टी संगठनलाई थप सुदृढ र क्रियाशील बनाउने संकल्पसमेत व्यक्त गरिएको छ।
भेलामा क्षेत्रका विभिन्न तहका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।








