images
images

स्टन्टमार्फत लोकप्रिय बन्नेहरूलाई बाह्य समर्थन : प्रचण्डको भनाइ

काठमाडौँ   कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रनेपालचण्ड’ले विचार र सिद्धान्तभन्दा बाहिरका गतिविधिबाट लोकप्रिय बन्ने व्यक्तिहरूलाई देशी तथा विदेशी शक्तिहरूले अगाडि बढाइरहेको आरोप लगाएका छन्।

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा चुरे भावर पार्टी नेकपामा समायोजन भएको अवसरमा सम्बोधन गर्दै संयोजक दाहालले पछिल्लो समय राजनीतिक मूल्य, त्याग र बलिदानभन्दा सतही स्टन्टमार्फत चर्चा कमाउने प्रवृत्ति हावी हुँदै गएको बताए। उनले यस्ता प्रवृत्तिलाई प्रोत्साहन गर्न बाह्य शक्तिहरूले ठूलो लगानी गरिरहेको दाबी गरे।

प्रचण्डले मुलुकमा भ्रष्टाचारविरुद्धको संघर्ष, सामाजिक न्याय र आर्थिक विकासजस्ता एजेन्डा ओझेलमा पर्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनका अनुसार वास्तविक राजनीतिक संघर्षभन्दा प्रचारमुखी गतिविधिलाई प्राथमिकता दिइनु मुलुकका लागि घातक हुनसक्छ।

संयोजक दाहालले देश र जनताको हितमा राष्ट्रिय शक्ति निर्माण गर्न कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य भएको उल्लेख गर्दै सबै देशभक्त शक्तिहरूलाई एकताको प्रक्रियामा सहभागी हुन आह्वान गरे। कम्युनिष्ट शक्तिको एकताबाट मात्रै वर्तमान राजनीतिक र सामाजिक संकट समाधान गर्न सकिने उनको भनाइ थियो ।