images
images

विप्लव, वैद्य समूह र चुरे भावर पार्टीका नेता–कार्यकर्ता नेकपामा समाहित

काठमाडौँ -विभिन्न कम्युनिष्ट घटकका नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी, मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी तथा चुरे भावर पार्टीका नेता–कार्यकर्ताहरूले नेकपाको सदस्यता लिएका हुन्।

मंगलबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गरेका थिए। मोहन वैद्य नेतृत्वको पार्टीबाट पोलिटव्युरो सदस्य भीम चाँपागाईको नेतृत्वमा समूह नेकपामा समाहित भएको जनाइएको छ।

यसैगरी चुरे भावर पार्टीका अध्यक्ष बद्री मैनालीसहितका नेता–कार्यकर्ताहरू पनि नेकपामा प्रवेश गरेका छन्। फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको र विभिन्न दलबीच पार्टी एकता तथा समायोजनको क्रम बढिरहेको देखिन्छ।

नेकपाले देशभक्त र वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्दै अघि बढ्ने रणनीतिलाई निरन्तरता दिइरहेको जनाएको छ।