काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)लाई यताउता नभौँतारिएर एकता प्रकृयामा आउन आग्रह गरेका छन्।
बुधबार पार्टी कार्यलय पेरिसडाँडामा विप्लवबाट गलग भएर आएका नेता कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले विप्लवलाई पनि धेरै नभौँतारिएर एकता प्रकृयामा आउन आग्रह गरेका हुन्।
वास्तविक घर नेकपा नै भएकाले यताउता नगर्न उनले आग्रह पनि गरेका छन्। ‘तपाईं (विप्लव)हरूको वास्तविक घर यही हो, तपाईंहरु आउनुपर्ने ठाउँ यही हो। आजभोलि यता र उता गरिराख्नुभएको छ’, ‘…अझै पनि तपाई|हरुको पुरै अवसर गुमिसकेको छैन। तपाई|हरुले आत्मसमिक्षा गनुभयो र एकतामा आउनुभयो भने तपाई|हरुलाई स्वागत गर्न फेरि पनि तयार नै छौँ।’
प्रचण्डले जेनजी आन्दोलनपछि विप्लव विचलित भएकोसमेत आरोप लगाए। उनले समाजवादी मोर्चा बनाएदेखि लगभग एकता प्रकृया टुंगिएको र जेनजी आन्दोलनपछि त्यो एकता प्रकृया पूरा हुन नपाएको बताए। ‘जेनजी आन्दोलनपछि उहाँहरु धेरै नै भड्किनुभयो। धेरै नै विचलित हुनुभयो। ठुलो भुमरिमा निसास्सिएजस्तो देखियो, मुख्य नेतृत्व नै’, उनले भने।








