काठमाडौँ- काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण प्रभावित भएको छ। खराब मौसमका कारण काठमाडौँ आउँदै गरेका केही जहाजहरू अवतरण गर्न नसकी सिमराको आकाशमाथि चक्कर लगाएका हुन्।
विमानस्थल स्रोतका अनुसार दृश्यता न्यून भएपछि सुरक्षित अवतरण सम्भव नभएकाले जहाजहरूलाई ‘होल्ड’ गराइएको हो। मौसममा सुधार नआए वैकल्पिक विमानस्थलतर्फ डाइभर्ट गर्नुपर्ने अवस्था पनि आउन सक्ने बताइएको छ।
भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायतका विमानस्थलहरूमा आज बिहानका उडान डिले भएका छन्।
भोलिसम्म पनि मौसम पूर्णतया नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअनुसार उडान डिले तथा अवतरणका समस्या भोलिसम्म पनि हुने देखिन्छ।








