images
images

दरबारमार्गस्थित एक क्लबमा आगलागी

काठमाडौँ– काठमाडौंको दरबारमार्थस्थित एक क्लबमा आगलागी भएको छ।

बिहीबार बिहान दरबारमार्गस्थित ब्लाक हाउस डान्स क्लबमा आगलागी भएको हो। बिहान करिब ९ बजेतिर सुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

आगलागी नियन्त्रणमा लिन काठमाडौँ महानगरबाट चार वटा दमकल प्रयोग गरिएको छ।

आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।