images
images

यी हुन् समानुपातिकको बन्द सूचीबाट नाम हटेका ७६ उम्मेदवार

काठमाडौँ- निर्वाचन आयोगले दलहरुले समानुपातिक तर्फको बन्द सूचीमा पेश गरेको नामावलीबाट ७६ जनाको नाम हटाएको छ। निर्वाचन सम्बन्धी कानुनले तोकको मापदण्डभित्र नपरेका विभिन्न दलबाट पेश भएका नामलाई आयोगले हटाएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका २१ जना, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना र निर्वाचन आयोगवाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना छन्।

त्यस्तै आयोगले प्रतिनिधिसभाको सदस्य हुनका लागि चाहिने न्युनतम उमेर २५ वर्ष पुरा नभएका ४ जनाको नाम पनि हटाएको छ।

मतदाता नामावलीमा नाम समावेश नभएको एक, पिछडिएको क्षेत्रमा नरहेका दुईजना, महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरूष उम्मेदवार पेस भएका एक जनाको नाम पनि आयोगले बन्दसूचीबाट हटाएको छ।

त्यस्तै नाम हटाउन सम्बन्धित दलले गरेको सिफारिसका आधारमा १० जना र अन्य कारणले दुईजनाको नाम आयोगले बन्दसूचीबाट हटाएको छ।

यी हुन् आयोगले बन्दसूचीबाट हटाएका ७६ उम्मेदवारः