images
images

राष्ट्रपति पौडेललाई जापानमा ‘गार्ड अफ अनर

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई आज जापान सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति पौडेललाई जापान सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार जापान प्रस्थान गरेका थिए।

उनले भ्रमणका क्रममा जापानका सम्राट नारुहितो र प्रधानमन्त्री ताकाइची सानाएसँग आजै शिष्टाचार भेट गरेका थिए।