काठमाडौं– निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आगामी प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका छन्।
कुल मतदातामध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २ सय जना रहेका छन्।
देशभर निर्वाचन प्रयोजनका लागि १० हजार ९६७ मतदान स्थल तोकिएका छन्। ती स्थलहरूमा जम्मा २३ हजार ११२ मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदाता रामेछापमा छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा एक लाख ८७ हजार ९५२ मतदाता छन्। रामेछापपछि अर्घाखाँचीमा एक लाख ७१ हजार ६५२, दोलखामा एक लाख ७० हजार ३२१, बर्दिया १ मा एक लाख ६८ हजार ३४, काभ्रे २ मा एक लाख ६५ हजार ५११ र प्युठानमा एक लाख ६५ हजार ४०६ मतदाता छन्।
आयोगको तथ्यांकअनुसार सबैभन्दा कम मतदाता मनाङमा छन्। मनाङमा सात हजार, मुस्ताङमा ११ हजार ३२८, डोल्पामा २४ हजार ११५, हुम्लामा ३४ हजार ३७२ र रुकुम पूर्वमा ३४ हजार ७७२ मतदाता छन्।
हेर्नुस् सूची :







