images
images

नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड होः गृहमन्त्री अर्याल

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताएका छन्।

बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म टेलिकमले सेवा दिइरहेकाले टेलिकम राज्यको डिजिटल मेरुदण्ड भएको बताएका हुन्।

‘नेपाल टेलिकम एक केवल दूरसञ्चार कम्पनी मात्रै होईन, यो राज्यको डिजिटल मेरुदण्ड हो। दुर्गम हिमालदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच पुर्‍याएर यस संस्थाले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापलाई मजबुत बनाउँदै आएको छ’, उनले भने।

नविनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएको भन्दै उनले त्यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने अर्यालको भनाइ छ।