images
images

कुनै पनि दलसँग चुनावी तालमेल नहुने प्रचण्डको ब्रिफिङ

काठमाडौँ- आसन्न फागुन २१ गतेको चुनावमा कुनै पनि दलसँग चुनावी तालमेल नहुने ब्रिफिङ नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।

उनले कुनै पनि दलसँग गठबन्धन नगरे पनि आफूहरु चुनाव जित्ने अवस्थामा रहेको नेकपाको केन्द्रिय निर्वाचन परिचालन परिचालन समितिको ‘जुम’ बैठकमा बताएका हुन्।

चुनावमा तालमेल गर्न एमालेले प्रस्ताव गरेपछि दुवै पार्टी पंती तरंगित भएको छ। एमाले अध्यक्ष केपी ओली उठेको झापा ५ र महासचिव शंखर पोखरेल उठेको दाङ २ मा मात्रै भए पनि चुनावी तालमेल गर्न एमालेले प्रस्ताव गरेको छ। नेकपाका नेता तथा कार्यकर्ता र उम्मेदवार कुनै पनि दलसँग चुनावी तालमेल गर्न नहुने पक्षमा उभिएका छन्।

वैठकमा सहभागी नेकपाका नेता लिलामणि पोखरेलले संयोजक प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘बैठकमा उहाँले हामी कुनै पार्टीसँग तालमेल र गठबन्धन नगरी पहिलो पार्टी बन्छौं भन्नुभयो।’

अघिल्ला चुनावमा कुनै न कुनै दलसँग गठबन्धन गर्दै आएका माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरु मिलेर बनेको नेकपाले यसपटक कुनै पनि दलसँग तामेल नगर्ने भएको हो। यसपटक नेकपाले बागलुङमा मात्रै राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ।

बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारीलाई नेकपाले सहयोग गर्ने भएको छ भन् २ नम्बरमा नेकपाका ज्ञाननाथ गैरे साझा उम्मेदवारका रुपमा उभिएका छन्।