काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको अन्त्येष्टि गरिएको छ।
९७ वर्षको उमेरमा आज बिहान उनको मृत्यु भएको हो। स्वास्थ्य अवस्था केही दिनदेखि जटिल बनेपछि काठमाडौँको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत भोजप्रसाद आज बिहान मृत्यु भएको थियो।
स्वर्गीय भट्टराईको पार्थिव शरीरलाई पशुपतिस्थित विद्युतीय शवदाह गृहमा विधिपूर्वक दाहसंस्कार गरिएको छ।
अन्त्येष्टि कर्ममा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।








