images
images

पिपरामा जसपाको शक्ति प्रदर्शन: डा. मिनाक्षी ठाकुरको अगुवाइमा नेता–कार्यकर्ता भेला सुरु

जनता समाजवादी पार्टी नेपाल (जसपा)की नेतृ मिनाक्षी ठाकुरको अगुवाइमा अगुवा नेता तथा कार्यकर्ताको भेला उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। भेलामा पार्टीको संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था, आगामी रणनीति तथा जनआधारित कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा सकारात्मक र रचनात्मक छलफल भएको आयोजकले जनाएको छ।

कार्यक्रममा नेतृ मिनाक्षी ठाकुरले पार्टीलाई स्थानीय तहसम्म थप मजबुत बनाउँदै जनताको वास्तविक मुद्दामा केन्द्रित भएर अघि बढ्नुपर्नेमा जोड दिइन्। उनले मधेस, पहिचान, समान अधिकार र समावेशी लोकतन्त्रको एजेन्डालाई सशक्त रूपमा अघि बढाउन सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्ने बताइन्।

भेलाले संगठनात्मक एकता थप बलियो बनाउने, स्थानीय तहसम्म पार्टीको प्रभाव विस्तार गर्ने तथा आगामी राजनीतिक चुनौतीलाई सामूहिक रूपमा सामना गर्ने सकारात्मक निष्कर्ष निकालेको छ।

कार्यक्रममा मधेश प्रदेशकी शिक्षा मन्त्री रानी शर्मा तिवारी, जसपा नेपालका नेता रामकुमार शर्मा, युवा नेता अजय झा लगायत स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य र सक्रिय उपस्थिति रहेको थियो, जसले भेलामा ऊर्जावान जसपाको माहौल सिर्जना गरेको सहभागीहरूले बताएका छन्।