images
images

‘स्टन्ट’ को भरमा भ्रमित नहुन जनतालाई अग्नि सापकोटा आग्रह

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन साहबीचको पछिल्लो सहकार्यलाई ‘स्टन्ट’ को रूपमा चित्रण गरेका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनीहरूमा कुनै ठोस एजेण्डा नभएको र प्राविधिक सहमति मात्र भएको बताए ।

नयाँ शक्तिहरूका पछाडि भयानक तागत रहेको आरोप लगाउँदै नेपाली जनता अब भ्रममा नपर्ने दाबी समेत उनले गरे ।

नेता सापकोटाले रास्वपा र बालेन्द्र पक्षबीच भएको १० बुँदे सहमतिमा कुनै राजनीतिक दर्शन वा दीर्घकालीन दृष्टिकोण नभएको जिकिर पनि गरे ।

घण्टी बजाएको भरमा र ‘स्टन्ट’ गरेको भरमा नेपाली जनता अब भ्रमित नहुने स्पष्ट उनले पारे ।

नयाँ राजनीतिक दल र पात्रहरूको उदयका पछाडि एउटा भयानक र रहस्यमयी शक्ति खडा भइरहेको उनको विश्लेषण छ ।