images
images

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। उनी जिल्ला सरकारी वकिल काठमाडौँको आदेशमा हाजिरी जमानीमा छुटेका हुन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं शुक्रबार पक्राउ परेका थिए।

उनी विवादास्पद अभिव्यक्ति तथा कानुनविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए।

उनी निर्वाचनअघि हिन्द‍ु राष्ट्र र राजसंस्था पुनःस्थापना हुनुपर्ने माग गर्दै आएका छन्। उनी यसअघि पनि पक्राउ परेर छुटेका थिए।