images
images

जसपा उम्मेदवार डा. मिनाक्षी ठाकुरद्वारा मटिहानीमा मतदातासँग संवाद [ फोटो फिचर ]

महोत्तरी- जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट महोत्तरी निर्वाचन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. मिनाक्षी ठाकुरले मटिहानी नगरपालिकाका मतदाता तथा पार्टीका नेता–कार्यकर्तासँग छलफल एवं संवाद गरेकी छन्।

डा. ठाकुरले मटिहानी नगरपालिकाअन्तर्गत धिरापुर, सिरसिया र आबरमा दलान छलफल, कार्यकर्ता भेटघाट तथा मतदातासँग प्रत्यक्ष संवाद गरेकी हुन्।

कार्यक्रमका क्रममा स्थानीय मतदाताले शिक्षित, अनुभवी र समाजका समस्या नजिकबाट बुझेकी उम्मेदवार भएकाले डा. ठाकुरलाई प्रतिनिधिसभामा पठाउन “छाता छाप”मा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले विकास, स्वास्थ्य र शिक्षाका क्षेत्रमा उनको नेतृत्वप्रति विश्वास रहेको बताएका छन्।

दलान छलफल कार्यक्रममा मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, युवा नेता प्रदीप पाठकसहित स्थानीय अगुवा, महिला समूह र सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो।

चिकित्सक पृष्ठभूमिकी उम्मेदवार डा. ठाकुरले स्वास्थ्य सेवा सुधार, गुणस्तरीय शिक्षा र स्थानीय विकासलाई प्राथमिकता दिने बताउँदै मतदाताका सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेट्ने प्रतिवद्धता जनाइन्।

छलफल कार्यक्रममा मधेश प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, युवा नेता प्रदीप पाठक लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।