images
images

रामेछापस्थित तामाकोशी नदीमा बस खस्दा ५ जनाको मृत्यु

काठमाडौँ- काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछापको सेलेघाट क्षेत्रमा तामाकोशी नदीमा खसेको छ।

बा ९९७५ नम्बरको उक्त बस दुर्घटनामा परेर कम्तीमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।

उद्धार कार्यमा संलग्न प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ६ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।