काठमाडौँ – ६० लाख रुपैयाँ लुटपाट आरोपमा एक प्रहरी हवल्दारसहित चार जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनार समेत रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।








