images
images

निर्वाचनका लागि भारतले गरेको सहयोगका लागि प्रधानमन्त्रीद्वारा धन्यवाद ज्ञापन

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन व्यवस्थापनमा सहयोग पुर्‍याएकोमा छिमेकी मित्रराष्ट्र भारतप्रति आभार व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले सिंहदरवारमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा मुलुकको संवेदनशील परिस्थितिमा सम्पन्न हुन लागेको निर्वाचनलाई सहज बनाउन सवारी साधनसहित आवश्यक सामग्री उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेकी हुन् ।

भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक अभ्यासलाई निरन्तर समर्थन गर्ने भारतको प्रतिबद्धता दोहोर्‍याउँदै मित्रराष्ट्रको हैसियतले सहयोग गर्नु आफ्नो दायित्व रहेको धारणा व्यक्त गरेका छन् । उनले निर्वाचनपश्चात् नेपालले प्राप्त गर्ने लोकतान्त्रिक तथा संवैधानिक स्थायित्व भारतका लागि पनि समान रूपमा महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

भेटमा दुवै पक्षबीच लोकतान्त्रिक प्रक्रिया सुदृढीकरण र द्विपक्षीय सहकार्यलाई निरन्तरता दिने विषयमा समेत विचार विमर्श भएको जनाइएको छ ।