काठमाडौँ-पश्चिम नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली काँग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन् ।
२०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले जारी गरेको ३१ बुँदे घोषणा पत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्था सहित विवरण सार्वजनिक गरेका हुन् ।
जेन जेड आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई आगामी २१ फागुनमा तय आमनिर्वाचनका सन्दर्भमा उनले आफूले तीन वर्षअघि गरेका प्रतिबद्धताको सार्वजनिक मूल्यांकन जनतामाझ राखेका हुन् ।
रिपोर्ट कार्ड सार्वजनिक गर्दै चौधरीले मतदाताको प्रश्न गर्ने अधिकारलाई लोकतन्त्रको मूल आधार भन्दै आफू जनताको अदालतमा जबाफदेही भएर उभिन तयार रहेको बताएका छन् ।
पुर्णपाठ :








