डा. ठाकुरले मटिहानी नगरपालिका–९ बहुअरवा र सिमरदहियामा आयोजित कार्यक्रममा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका सुझाव र अपेक्षा सुनेकी थिइन्। कार्यक्रममा स्थानीय अगुवा, महिला समूह, युवाहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा स्थानीय मतदाताले शिक्षित, अनुभवी तथा समाजका समस्यालाई नजिकबाट बुझेकी उम्मेदवारका रूपमा डा. ठाकुरप्रति विश्वास व्यक्त गरेका छन्। उनीहरूले विकास, स्वास्थ्य र शिक्षाका क्षेत्रमा प्रभावकारी नेतृत्वको अपेक्षा गर्दै “छाता छाप”मा मतदान गर्ने प्रतिबद्धता जनाएका थिए।
सो अवसरमा युवा नेता सुशिल राउत, अजय झा र प्रदिप पाठकलगायतका नेताहरूको पनि सहभागिता रहेको थियो।
चिकित्सक पृष्ठभूमिकी उम्मेदवार डा. ठाकुरले स्वास्थ्य सेवा सुधार, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा स्थानीय पूर्वाधार विकासलाई आफ्नो प्राथमिक एजेन्डा बनाएको बताइन्। मतदाताबाट प्राप्त सुझावलाई चुनावी प्रतिबद्धतामा समेट्दै जनताको विश्वास अनुसार काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन्।
उनको चुनावी अभियान अन्तर्गत पछिल्ला दिनहरूमा विभिन्न वडामा घरदैलो तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्रता दिइएको जनाइएको छ।
