images
images

जसपा नेपालले फागुन १ गते घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं -जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा निर्वाचन– २०८२ को घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

एक कार्यक्रमबीच पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य माग–प्रतिबद्धतासहितको विस्तृत प्रतिबद्धतापत्र माघ १२ गते नै सार्वजनिक गरिसकेको छ ।

पार्टीले स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई आफ्नो मूल आदर्शका रूपमा अघि सारेको छ ।

‎वर्तमान शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा व्यापक सुधार गर्दै संविधान संशोधन अथवा पुनर्लेखनमार्फत मुलुकलाई राजनीतिक निकास दिनुपर्ने उल्लेख छ ।

उच्चस्तरीय राज्य पुनर्संरचना आयोग, २०६८ को प्रतिवेदनका आधारमा १०+१ मोडेलमा राज्य पुनर्संरचना गरी जातीय पहिचान झल्कने संघीय संरचना निर्माण गर्ने जसपाको प्रमुख एजेन्डा रहेको छ ।