images
images

प्रधानमन्त्री कार्की ताप्लेजुङमा, गरिन् पाथीभरा दर्शन

ताप्लेजुङ -प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङ पुगेकी छिन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन शुक्रबार (फागुन १) ताप्लेजुङ पुगेकी छिन् ।

आजै बिहान उनले पाथीभरा माताको पूजाअर्चना गरेकी छिन् । पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छिन्, “फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु ।”

प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ ।