images
images

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो ‘साथी घर कर्जा’ योजना

फाल्गुण- एनआईसी एशिया बैंकले ग्राहकहरूको घर सम्बन्धी आवश्यकतालाई ध्यानमा राख्दै ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. १० करोडसम्म घर कर्जा उपलब्ध हुनेछ।

यस योजना सात वर्षको लागि ६.९९ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध हुनेछ र अन्य आकर्षक सेवासहित सुविधा प्रदान गरिनेछ। घर वा अपार्टमेन्ट खरिद, निर्माण, पुनःनिर्माण, वा घडेरी खरिद गर्न चाहने ग्राहकहरूलाई सहज कर्जा प्रक्रिया मार्फत प्रदान गरिने कर्जाको अधिकतम अवधि २५ वर्षसम्मको हुनेछ।

पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्य ग्राहकको हकमा ७० प्रतिशत कायम गरिएको छ। साथै, यस योजना अन्तर्गत घर कर्जा लिने ग्राहकहरूले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा पनि पाउनेछन्।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) राजेश रावलले जानकारी दिनुभयो कि यस योजना ग्राहकहरूको घर खरिद र निर्माणको सपना साकार पार्न ठोस सहयोग पुर्‍याउने उद्देश्यले ल्याइएको हो।