images
images

मतदातासँग बालेनको दाबी- काठमाडौँको सुकुम्बासी समस्या र फोहोरमा अन्तर्राष्ट्रिय चलखेल

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाहले काठमाडौँको फोहोर व्यवस्थापनमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका छन्।

सोमबार बिहान झापा- ५ का मतदातासँगको संवादमा काठमाडौँको फोहोर व्यवस्थापन र सुकुम्बासी समस्यामा समाधानम ठूलो अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी बालेनले गरेका हुन्।

‘काठमाडौँ महानगरमा कुन हदसम्मको अन्तर्राष्ट्रिय चलखेल थियो भनेर तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न,’ बालेनले मतदाताहरूसँग दाबी गरे, ‘महानगरको नेतृत्व गर्नु र प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा होइन।’

सुकुम्बासी व्यस्थापन र फोहोर व्यवस्थापनमा आफूले त्यो अनुभूति गरेको उनको भनाइ थियो।

‘काठमाडौँका सुकुमबासी बस्तीमा बस्ने धेरै त वास्तविक सुकुम्बासी नभई राजनीतिक दलहरूद्वारा संरक्षित र परिचालित मान्छे हुन्,’ बालेनले भने।

बालेन एक हप्ता लामो मधेस र बागमती प्रदेशको भ्रमणपछि सोमबार आफू उम्मेदवार रहेको झापा ५ मा फर्किएका हुन्।

साेमबार बिहानैदेखि उनले झापा ५ मा घरदैलो सुरु गरेका छन्।