images
images

सेतोपाटीमा प्रकाशित सामग्रीले आचारसंहिता उल्लंघन भएको आयोगको ठहर

काठमाडौँ- निर्वाचन आयोगले ‘सेतोपाटी अनलाइन’मा प्रकाशित एक समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै आवश्यक कारवाही गर्न प्रेस काउन्सिललाई निर्देशन दिएको छ।

सेतोपाटी अनलाइनमा आइतबार ‘चितवन- ३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन: रेनु दाहाल दोस्रो’ तथा  सोमबार ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेड्का बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकका समाचार प्रकाशित भएका थिए। सोही समाचारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आयोगले कारबाहीको निर्देशन दिएको हो।

उक्त सामग्रीले निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) अनुसार उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामसम्बन्धी सर्वेक्षण गर्न, घोषणा गर्न वा प्रकाशन गर्न नपाइने व्यवस्थाको उल्लंघन गरेको आयोगले जनाएको छ।

साथै, आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख) अनुसार कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने प्रावधान विपरीत सामग्री प्रकाशन भएको आयोगको ठहर छ।

आयोगले प्रेस काउन्सिल नेपाललाई उक्त विषयमा आवश्यक अनुसन्धान गरी प्रचलित कानुन बमोजिम कारवाही गर्न अनुरोध गरेको छ।

निर्वाचन आयोगको विज्ञप्ति: