images
images

रास्वपाका बालेन शाहको घोषणापत्र सार्वजनिक, विकास र सुशासनमा जोड

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यको उमेदवार बनेका बालेनले घोषणापत्रलाई ‘झापा–५ वाचापत्र’ नाम दिएका छन् ।

उनले आफूले संघीय सांसदको हैसियतले गर्ने काम वाचापत्रमा उल्लेख गरेका छन् । मेरो प्रतिबद्धता भन्दै आफूले गर्ने कामबारे जानकारी गराएका बालेनले शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका र पर्यटन तथा उद्योगमा गर्न चाहेको कामबारे बताएका छन् ।

खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन र कला एवं संस्कृतिमा आफूले गर्ने काम बुँदागत रूपमा उल्लेख गरेका छन् ।

स्थानीय तथा प्रदेश सरकारलाई संवैधानिक अधिकारको प्रत्यायोजन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछु,” उनले वाचापत्रमा लेखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएमा स्थानीय, प्रदेश र संघीय सरकारको समन्वय तथा सहकार्यमा आफूले वाचापत्रमा उल्लेख गरेका काम पाँच वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले आफूले राजनीतिलाई पेसा नभएर सेवाका रूपमा लिजे प्रष्ट पारेका छन् ।

बेथिति र भ्रष्टाचारविरुद्ध संसद्को अग्रपंक्तिमा उभिने बताएका छन् । “राष्ट्रहित विपरीत कुनै पनि सम्झौता गर्ने छैन,” उनको वाचापत्रमा उल्लेख छ, “सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।”

गरिब तथा विपन्न परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिने उनले बताएका छन् ।

‘जनअपेक्षा अनुसार काम गर्न आएको हुँ, काम गर्न दिनुहोला’ भन्दै उनले वाचापत्र टुंग्याएका छन् ।

1-1771818216.JPG
2-1771818236.JPG