images
images

झापा : रास्वपा सभापति लामिछानेद्वारा उपसभामुख रानामगरमाथि लागेको आरोपको कडा आलोचना

झापा, मंगलबार — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर माथि लगाइएको आरोपलाई राजनीतिक प्रतिशोधको चरम रूप भएको बताएका छन्।

चुनावी प्रचार अभियानका क्रममा झापा आइपुगेका लामिछानेले भद्रपुरमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै विपक्षी दलहरूले उपसभामुख रानामगरमाथि ‘मानव तस्कर’ जस्तो गम्भीर र घृणित आरोप लगाएर उनको चरित्रहत्या गर्न खोजिएको आरोप लगाए।

उनले रानामगरको सामाजिक योगदानको उच्च प्रशंसा गर्दै जेलमा रहेका अभिभावकका सयौँ बालबालिकाको भविष्य निर्माणमा उनको भूमिका उल्लेख गरे। “समाजका सबैभन्दा कमजोर वर्गका बालबालिकाका लागि जीवन समर्पित गरेकी महिलामाथि यस्तो आरोप लगाउनु दुर्भाग्यपूर्ण छ,” उनले भने।

लामिछानेले यदि उपसभामुखलाई पदबाट हटाउनुपर्ने अवस्था आए पनि सम्मानजनक र संवैधानिक प्रक्रिया अपनाउन सकिने बताउँदै चरित्रहत्या गर्ने शैली अस्वीकार्य भएको धारणा राखे। उनले राजनीतिक स्वार्थका लागि कसैको इमानदारीमाथि खेलबाड नगर्न चेतावनी पनि दिए।

उक्त विषयले यतिबेला राष्ट्रिय राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ।