images
images

महोत्तरी–३ मा घरदैलो अभियान तीव्र, डॉ. मिनाक्षी ठाकुरप्रति उत्साहजनक समर्थन

महोत्तरी–३ मा आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै चुनावी गतिविधि तीव्र बनेको छ। फागुन २१ गते हुने निर्वाचनको तयारीका क्रममा डॉ. मिनाक्षी ठाकुर (छाता छाप) ले सञ्चालन गरेको घरदैलो अभियानमा उल्लेखनीय जनसहभागिता देखिएको छ।

एकडारा गाउँपालिका वडा नं. ३ र ४ मा सम्पन्न घरदैलो कार्यक्रममा विशेषगरी महिला तथा जेनेरेशन–जेड (जेन्जी) युवाको सक्रिय उपस्थिति रहेको थियो। स्थानीयवासीले फूलमाला, खादा तथा गम्छासहित स्वागत गर्दै समर्थन जनाएका थिए। कार्यक्रममा सहभागीहरूले मतदानमार्फत विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

घरदैलोका क्रममा डॉ. ठाकुरले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता प्राथमिक मुद्दामा मतदातासँग प्रत्यक्ष संवाद गरिन्। उनले स्थानीय आवश्यकता र जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता दोहोर्‍याइन्।
कार्यक्रममा मधेस प्रदेशका मन्त्री, सांसद तथा पार्टीका केन्द्रीय र जिल्ला तहका नेताहरूको उपस्थिति रहेको जनाइएको छ।

महोत्तरी–३ मा बढ्दो सक्रियता र जनसमर्थनले निर्वाचनको प्रतिस्पर्धा थप रोचक बन्दै गएको देखिन्छ।