काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाए निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भइसकेको आफ्नो सम्पत्ति छानबिन गर्ने बताएका हुन्।
सभापति थापाले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने कांग्रेसको संकल्प रहेको बताए।
उनले मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा ५ वर्षभित्र क्रान्तिकारी रुपातरण ल्याउने गरी कांग्रेसले सरकार बनाएर काम गर्ने आश्वासनसमेत दिए।
उनले भने, ‘देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ। यो नेपाली कांग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छ। त्यो शक्तिशाली आयोगले २०४६ सालपछि प्रधानमन्त्री हुनु भएको शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्ति सबैभन्दा पहिला त्यहाँबाट छानबिन सुरु गर्छ। आफ्नो बा भए पनि छोडदैन। एउटा, एउटा कुराको छानबिन गर्छ। एउटा एउटा काण्डको छानबिन गर्छ।र, भविष्यमा त्यस्तो कुनै पनि काण्ड हुन पनि दिन्न। त्यसका लागि संस्था बनाउँछ, कानून बनाउँछ। यो नेपाली कांग्रेस पार्टीले संकल्प गरेर आएको छ।’