images
images

भ्रामक समाचारप्रति एसी द हिमालयको खण्डन

काठमाडौं – Ace the Himalaya ले विभिन्न अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

कम्पनीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै तथ्यहीन तथा भ्रामक समाचार प्रकाशन भएको दाबी गरेको हो। कम्पनीका अनुसार “एसी द हिमालयका सञ्चालक प्रेमकुमार खत्रीमाथि छानबिन सुरु” भन्ने शीर्षकमा प्रकाशित समाचारमा उल्लेख गरिएका आरोप निराधार रहेको स्पष्ट पारेको छ। उक्त समाचारमा उल्लेख गरिएअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) मा उजुरी परेको तथा अनुसन्धान अघि बढाइएको भनिए पनि त्यसबारे आधिकारिक निकायबाट कुनै जानकारी प्राप्त नभएको कम्पनीको भनाइ छ।

विज्ञप्तिमा यस्ता समाचारले कम्पनीको प्रतिष्ठामा आघात पुर्‍याउने र भ्रम सिर्जना गर्ने उद्देश्यले प्रकाशित गरिएको आशंका व्यक्त गरिएको छ। साथै, कम्पनीले आवश्यक परे कानुनी उपचार खोज्ने चेतावनी समेत दिएको छ।

एसी द हिमालयले आफ्ना ग्राहक, साझेदार तथा सरोकारवालालाई यस्ता अपुष्ट समाचारप्रति विश्वास नगर्न आग्रह गर्दै आधिकारिक सूचना मात्र विश्वास गर्न अनुरोध गरेको छ।

कम्पनीले लामो समयदेखि पर्यटन क्षेत्रमा सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको जनाएको छ।