images
images

इरानको आक्रमणमा तीन अमेरिकी सैनिक मारिए, पाँच गम्भीर घाइते

इरानले एक अमेरिकी विमानवाहक युद्धपोतमा आक्रमण गर्दा ३ अमेरिकी सैनिक मारिएका दाबि अमेरिकाले गरेको छ। त्यस्तै पाँच जना गम्भीर घाइते भएको अमेरिकी सेनाले जनाएको छ। यद्यपि इरानले अमेरिकी विमानवाहक युद्धपोतलाई निशाना बनाएको दाबी अस्वीकार गरेको छ।

यसैबीच इजरायल डिफेन्स फोर्सले इरानको आन्तरिक सुरक्षा बलको मुख्यालय ध्वस्त पारिएको जनाएको छ। इरानी आक्रमणका क्रममा आश्रयस्थलतर्फ दौडिँदै गर्दा १०२ वर्षीया एक वृद्ध गम्भीर घाइते भएको जनाएको छ।

इजरायली विमान सेवा कम्पनीहरूले मंगलबारसम्म बेन गुरियाना एयरपोर्टमा उडान नगर्ने बताएका छन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरेल कट्जले आइडिएफ प्रमुख इयाल जमिर र मोसाद प्रमुख डेभिड बर्नेयासँगको बैठकपछि इरानविरुद्धको आक्रमण अझ तीव्र बनाइने बताएका छन्।