images
images

रास्वपाको प्रचारमा हिँडेको गाडीबाट मदिरा र चामल बरामद

सल्यान- रास्वपाको झण्डा राखेर चुनावी प्रचारमा हिँडेको जीपबाट प्रहरीले मदिरा र चामल बरामद गरेको छ।

मदिरा र चामलसहितका सामानसहित सोमबार बिहानै सल्यानको बन्गाड कुपिन्डे नगरपालिका- १ सल्लीबजारबाट ०२–००१ च ०४२९ नम्बरको जीपका चालक र जीपमा सवार एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जीपका चालक सिद्धकुमाख गाउँपालिका- ४ बस्ने २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सामान लिएर जाने ३७ वर्षीय मोहन बीसीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जीपमा निर्वाचनलक्षित चामल, खानेतेल र मदिराका कार्टुन लिएर गएको आशंकामा चालकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

उनका अनुसार जिपबाट २५ केजीका दुई बोरा चामल, गोली डायमण्ड लेखिएको सात कार्टुन मदिरा, दुई कार्टुन रकस्टार बियर र तीन कार्टुन खानेतेल बरामद भएको छ।